भारतले उपहार दिएका मुर्रा राँगा आज नेपालगञ्ज आइपुग्ने

२०८० मंसिर ६, बुधबार

काठमाडौं : भारतले उपहार दिएका मुर्रा राँगा बुधबार नेपालगञ्ज आइपुग्ने भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा उपहारमा दिइएका १५ वटा राँगा बिहीबार दिउँसो रुपैडिहा नाका हुँदै नेपाल ल्याउन लागिएको पशु सेवा विभागका प्रवक्ता चन्द्र ढकालले जानकारी दिए।

भारतको हरियाणाबाट हिँडाइसकेका ती राँगा आज दिउँसो १ बजे ट्रकमा रुपैडिहा नाका हुँदै नेपालगञ्ज आइपुग्ने गरी ल्याउन लागिएको उनले बताए। ती राँगा आज नेपालगञ्जमै क्वारेन्टाइनमा राखिने र केही दिनमा पसुसेवा विभाग मातहतका राष्ट्रिय पशु प्रजनन कार्यालय पोखरा, नेपालगञ्ज र लाहानमा राखी बीर्य उत्पादन गरिने उनले बताए। जसबाट भैंसीमा कृत्रिम गर्भधान गराए नश्ल सुधार हुने ढकालले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार