मुस्ताङमा ५ दिनदेखि बेपत्ता पर्यटकसहित ४ जनाको उद्धार

२०८० मंसिर ८, शुक्रबार

पोखरा : मुस्ताङमा पाँच दिनदेखि बेपत्ता भएका दुई जना पर्यटकको उद्धार गरिएको छ । लोघेकर दामोदर कुण्ड गाउँपालिका–२ घमीस्थित घार गुम्बा क्षेत्रबाट हराएका ४ जनाको मुस्ताङ प्रहरीले उद्धार गरेको हो ।

उनीहरुलाई गाइड पेम्बा शेर्पाले बोकेको मोबाइलको लोकेशनका आधारमा उद्धार गरिएको मुस्ताङका प्रहरी प्रमुख डीएसपी भोजराज पाण्डेले जानकारी दिए ।

इटालियन नागरिक ४५ वर्षकी एरिआना रेजिस र स्वीस नागरिक ५५ वर्षका मार्को गाजोलासहित गाइडहरु पेम्बा र नांखा शेर्पा हराएका थिए । उनीहरु ट्रेकिङ गर्दै त्यहाँ पुगेका हुन् । प्रहरीले अल्टिच्युड हेलिकोप्टरबाट सर्च गरेर उनीहरुलाई उद्धार गरेको पाण्डेले बताए । गुम्बाभन्दा तल खोँचमा उनीहरु अड्किएका थिए । चार जनालाई हेलिकोप्टर मार्फत पोखरा फर्काइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1

ताजा समाचार