बालेन, रवि र भीम रावललाई आन्दोलनमा आउन प्रसाईंको आग्रह

२०८० मंसिर ८, शुक्रबार

काठमाडौँ : गणतन्त्र विरोधी अभियन्ता दुर्गा प्रसाईंले आफूले थालेको आन्दोलनमा सहभागी हुन राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिका प्रमुख बालेन शाहलाई आग्रह गरेका छन् ।

शुक्रवार अपराह्न आफ्नै निवासमा पत्रकार सम्मेलन गर्दै प्रसाईंले गोपी हमाल, भीम रावल लगायतलाई पनि आफूले थालेको अभियानमा आउन आग्रह गरे ।  उनले रवि लामिछानेलाई मिसन २०८४ छोडेर आजका लागि सडकमा आउन आग्रह गर्दै त्यो बेलासम्म देश खाली भइसक्ने दाबी गरे ।

आज एमाले अध्यक्ष केपी ओलीले आफूलाई पक्राउ गराउनका लागि प्रधानमन्त्री प्रचण्डलाई चार पटक फोन गरेको आफूले सूचना पाएको पनि प्रसाईंले दावी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
2
+1
1
+1
0

ताजा समाचार