ड्युटीका प्रहरीलाई अभद्र व्यवहार गर्ने दुई जना पक्राउ

२०८० मंसिर ८, शुक्रबार

बागलुङ : ड्युटीमा रहेका प्रहरीलाई अभद्र व्यवहार गरेको अभियोगमा बागलुङको जैमिनी नगरपालिकाबाट दुई जना पक्राउ परेका छन्। प्रहरीले जैमिनीनगरपालिका-१० का ४० वर्षीय दलबहादुर श्रीस र ३५ वर्षीय निर्मल रानालाई बिहिबार राति पक्राउ गरेको हो।

जैमिनी नगरपालिका–१ कुश्मिसेरा बजारमा बिहीबार राती मादक पदार्थ सेवन गरी होहल्ला गरिरहेको अवस्थामा ड्युटीमा रहेको प्रहरीले सम्झाई बुझाई गर्दा दुवै जनाले प्रहरीलाई अभद्र व्यवहार गरेकाले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक (डीएसपी) मदन केसीले बताए।

पक्राउ परेका दुवै जनालाई शुक्रबार जिल्ला प्रशासन कार्यालय बागलुङबाट म्याद थप अनुमति लिई थप अनुसन्धान कार्य भइरहेको डीएसपी केसीले बताए। पक्राउ परेका श्रीस निर्माण व्यवसायी र नेपाली कांग्रेस बागलुङ क्षेत्र नम्बर १ प्रदेश ख का सभापति समेत हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार