ज्ञानेन्द्रकै सहयोगमा गणतन्त्र आएको हो: चन्द्र भण्डारी

२०८० मंसिर ८, शुक्रबार

रुपन्देही । नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले अर्घाखाँचीको सन्धिखर्कमा शुक्रबार कांग्रेसको प्रथम जिल्लासभालाई सम्बोधन गर्दै राजा ज्ञानेन्द्रकै सहयोगमा नेपालमा गणतन्त्र आएको बताए ।

‘जनआन्दोलनको समयमा राजा ज्ञानेन्द्र थिए । ज्ञानेन्द्रले गणतन्त्र आउन दिँदैन भनेर हतियार लिएको भए २-४ सय मानिस मर्ने थिए । मानिस मर्न थालेपछि कम्प्रमाइज हुन्थ्यो । तर, राजाले त्यो गरेनन् । राजदण्ड र श्रीपेच बुझाएर गए । सरकारले राजालाई नागार्जुनमा बस्न भनेर पठायो । उनी मन्दिर जाने, पूजा गर्ने राम्रो काम हो । राजाले गणतन्त्र ल्याउन कोसिस नगरेको भए रक्तपात हुन्थ्यो’, नेता भण्डारीले भने ।

उनले युवाहरुको बढ्दो विदेश पलायन रोक्न सबै लाग्नुपर्ने बताए । ३६५ दिन भाषण गर्न पनि हिँड्ने, कांग्रेसको झण्डा पनि बोक्ने, चुनावको समयमा अरुलाई भोट दिने परिपाटीले कांग्रेस कमजोर भएको उनको भनाइ थियो ।

कार्यक्रममा केन्द्रीय सदस्यहरु मानबहादुर विश्वकर्मा, पुष्पा भुसाल, नैनसिंह महर, लुम्बिनी प्रदेशका सभापति अमर पुनलगायतले शुभकामना मन्तब्य राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार