दुर्गा प्रसाईंको अभियानका २ सय जना रिहा, २० जना हिरासतमै

२०८० मंसिर ८, शुक्रबार

काठमाडौँ : शुक्रबार काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट पक्राउ परेका दुर्गा प्रसाईंको अभियानमा सामेल करिब २ सय जनालाई प्रहरीले रिहा गरेको छ।

प्रशासनसँग अनुमति नलिई विरोधका कार्यक्रम गर्न लागेको भन्दै काठमाडौँको तीनकुने लगायत विभिन्न स्थानबाट प्रहरीले करिव २ सय २० जनालाई पक्राउ गरेको थियो। ती मध्ये करिब २ सय जनालाई रिहा गरेको र २० जना भने हिरासतमै रहेको काठमाडौं परिसरका प्रवक्ता एसपी कुमोध ढुंगेलले बताए।

ढुंगेलका अनुसार दुर्गा प्रसाईंका अराजक गतिविधिमा पहिलेदेखि नै संलग्न र बिहीबारको आन्दोलनका क्रममा प्रहरीमाथि ढुंगामुढा गर्नेहरुलाई भने प्रहरीले नछाडेको हो। उनीहरूलाई काठमाडौंका विभिन्न प्रहरी बृत्तका हिरासतमा राखिएको छ। उनीहरुमाथि थप अनुसन्धान भइरहेको एसपी ढुंगेलले बताए।

प्रशासनले अनुमतिबिना कार्यक्रम गर्न रोक लगाएपछि प्रहरीले विरोधका कार्यक्रम गर्न भेला हुँदै गर्दा प्रसाईंको अभियानका कार्यकर्ताहरुलाई पक्राउ गरेको थियो। पक्राउ पछि आज प्रसाईंको विरोध कार्यक्रम हुन सकेन। केहीले अपरान्ह चावहिल क्षेत्रमा केहिबेर विरोध कार्यक्रम गरेका थिए। प्रसाईंले बिहीबार पनि तीनकुनेमै विरोधका कार्यक्रम गर्ने तालिका सार्वजनिक गरेका छन्। तर प्रशासनसँग अनुमति नलिई कार्यक्रम गर्न नदिने प्रहरीले बताउँदै आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार