प्रसाईँको कार्यक्रमस्थल सिफलको घरको छत–छतमा प्रहरी, जमिनमा कुकुर परिचालन

२०८० मंसिर ९, शनिबार

काठमाडौँ : गणतन्त्र विरोधी अभियन्ता दुर्गा प्रसाईँले तेस्रो दिनको आन्दोलन काठमाडौँको गौशाला नजिक सिफल चौरमा गर्दै छन् । कार्यक्रम स्थलमा बाक्लो सङ्ख्यामा प्रहरी परिचालन गरिएको छ । सिफल क्षेत्रका घरका कौसी, छतमा सशस्त्र प्रहरी बसेका छन् ।

कार्यक्रम स्थल आसपासको क्षेत्रमा बाक्लो सङ्ख्यामा प्रहरी परिचालन गरिएको छ भने अनुसन्धानका लागि प्रयोग हुने कुकुर पनि परिचालन गरिएको छ । सिफल आसपासको क्षेत्र गौशाला, जयबागेश्वरी, चावाहिल, कालोपुल क्षेत्रमा ठुलो सङ्ख्यामा दङ्गा नियन्त्रक प्रहरी, सशस्त्र प्रहरी, नेपाल प्रहरी बाक्लो सङ्ख्यामा परिचालन गरिएको हो ।

आन्दोलनका नेतृत्वकर्ता दुर्गा प्रसाईँ ठिमीबाट सिफलमा आउने तयारीमा रहेका छन् भने उनका समर्थकहरू नाराबाजी गर्दै सिफलतर्फ आइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
1
+1
1
+1
0

ताजा समाचार