जाजरकोटमा मेलामा युवाहरुबिच कुटाकुट हुँदा १ जनाको मृत्यु

२०८० मंसिर ९, शनिबार

जाजरकोट : जाजरकोटमा युवाहरुबिच कुटाकुट हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कुशे गाउँपालिका–२ का जनक शाही रहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

सोही वडाको धौलाई भन्ने ठाउँमा लागेको स्थानीय मेलामा भएको विवादमा युवाहरुबीच कुटाकुट भएको थियो । जसमा ३ जनाले शाही एक्लैलाई कुटपिट गरेपछि शुक्रवार राति उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनाबारे थप बुझ्न प्रहरी घटनास्थलतर्फ गएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका डीएसपी सन्तोष रोक्काले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार