इन्डियन आइडलमा पौडेलको उच्च सम्मान

२०८० मंसिर १०, आईतवार

काठमाडौँ : बलिउड अभिनेता रणवीर कपुरलगायतका कलाकार र सङ्गीतकारले नेपाली गायिका मेनुका पौडेलको उच्च प्रशंसा गरेका छन् । पछिल्लो समय इन्डियन आइडलमा सहभागी भई आफ्नो प्रस्तुति दिइरहनुभएकी पौडेलको बिहीबारको प्रस्तुति हेरेपछि कपुरले उनलाई ‘सङ्गीतकी देवी’ भन्दै खुट्टा छुएर प्रशंसा गरेका थिए ।

आफ्नो चलचित्र ‘एनिमल’ को प्रचारको क्रममा कपुर र अभिनेतृ रश्मिका मन्दन्ना इन्डियन आइडलको सोमा  पुगेका थिए । मेनुकाले रणवीरको चलचित्र ‘तमासा’ को गीत ‘अगर तुम साथ हो’ गाएका थिए । गीतपछि भावुक बनेका रणवीर र रश्मिकाले स्टेजमा गएर मेनुकाप्रति सम्मान दर्साएका हो ।

दृष्टिविहीन मेनुकालाई उनले भने, “मेनुकाजी मेरो नाम रणवीर हो । म तपाईंबाट आशीर्वाद लिन चाहन्छु । हामी श्रेयाजीलाई देवी भन्छौँ । देवी नम्बर २ हाम्रो साथमा साक्षात् रूपमा उपस्थित हुनुहुन्छ ।’’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
1
+1
1
+1
0
+1
1
+1
1
+1
0

ताजा समाचार