सर्लाहीमा करेन्ट लागेर ८० वर्षीया वृद्धाको मृत्यु

२०८० मंसिर १०, आईतवार

सर्लाही : सर्लाहीको बसबरियामा करेन्ट लागेर ८० वर्षीया वृद्धाको मृत्यु भएको छ। बसबरिया गाउँपालिका- ५ धनगढामा शनिबार राति करेन्ट लाग्दा स्थानीय ८० वर्षीया बिल्टीदेवी यादवको मृत्यु भएको प्रहरीले जनाएको छ।

घरकै नांगो विजुलीको तारमा छुँदा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। वृद्धाको शव पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल मलंगवामा लगिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार