हमासको आक्रमणमा मृत्यु भएकी छोरी ५० दिनपछि फर्किंदा…

२०८० मंसिर १०, आईतवार

काठमाडौं : हमासले शनिबार राति इजरायलीसहित १७ जना बन्धकलाई रिहाई गरेको छ । यसका लागि ३९ जना फिलिस्तिनीलाई इजरायली सरकारले जेल मुक्त गराइदिएको थियो ।

इजरायली सेनाले युद्ध विराम सम्झौतअनुसार अदल-बदल गरेको हो । यस क्रममा हमासले १३ जना इजरायलीसहित चार थाइल्याण्डका नागरिकलाई रिहाई गरिदिएको थियो । रिहाई भएसँगै दुवैतर्फका परिवारले खुसी मनाएका थिए । हमासले रिहाई गरेकोमध्ये आठ बच्चा र पाँच महिला छन् । जसमा तीन बच्चाको उमेर १० वर्षभन्दा कम रहेका छन् ।

हमासले कैद गरेको पाँच वर्षकी रज आफ्नो तीन वर्षकी बहिनी अवीव सँगै थिए । उनीहरूले शनिबार आफ्नो पितासँग भेट गरेका थिए । उनीहरू ५० दिनपछि आफ्नो पितासँग भेट भएका थिए ।

यस्तै, नौ वर्षकी एमिलीले पनि ५० दिन हमासको कब्जामा रही शनिबार पिता थोमस ह्याण्डसँग भेट्न पाएकी थिइन् । ह्याण्डले आफ्नो छोरी ७ अक्टोबरमा हमासले गरेको हमलामा मृत्यु भएको सोचेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
1
+1
2
+1
3
+1
0
+1
0

ताजा समाचार