राजविराजबाट मानव बेचविखनको आरोपमा गेस्टहाउस सञ्चालक पक्राउ

२०८० मंसिर १०, आईतवार

काठमाडौँ : सप्तरीको एक गेस्ट हाउसका सञ्चालक र म्यानेजर मानव बेचविखनको आरोपमा पक्राउ परेका छन्।

राजविराज नगरपालिका–३ स्थित लक्ष्मी गेस्ट हाउसका सञ्चालक राजविराज नगरपालिका–६ बस्ने वर्ष ५७ को अरुण चन्द्र मिश्र र मेनेजर सप्तरीकै महादेवा गाउँपालिका–२ बस्ने वर्ष ४१ को राम प्रकाश मण्डललाई प्रहरीले नियन्त्रणमा लिएको हो।

गेस्ट हाउसमा वेश्यावृती भईरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सप्तरीबाट गएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो। उक्त गेस्ट हाउसमा प्रहरी टोली जाँदा महिलाहरुलाई विभिन्न प्रलोभन देखाई जबरजस्ती बेश्यावृति गराउने कार्य भईरहेको फेला परेको प्रहरीले जनाएको छ।

पक्राउ परेका गेस्ट हाउस सञ्चालक र म्यानेजरलाई मानवबेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन, २०६४ अन्तर्गतको कसुरमा सप्तरी जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान कार्य भईरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार