खोटाङमा पोखरीमा डुबेर बालिकाको मृत्यु

२०८० मंसिर ११, सोमबार

खोटाङ : पोखरीमा डुबेर एक बालिकाको मृत्यु भएको छ । बराहपोखरी गाउँपालिका–६ की ३० महिनाकी आरिमा राईको साकेला गाउँपालिका–२ रतन्छास्थित मामाघरको माछापोखरीमा डुबेर आइतबार मृत्यु भएको हो ।

दिउँसो खेल्ने क्रममा घर नजिकैको माछा पोखरीमा डुबेको अवस्थामा भेटिएको बालिकाको उपचारकाका क्रममा साकेला आधारभूत अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1

ताजा समाचार