कोरोनाबाट मृत्यु भएकी सावित्रीको छोरालाई स्वास्थ्य मन्त्रीले पढाइदिने

२०८० मंसिर ११, सोमबार

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले नेपालमा कोरोना भाइरसबाट पहिलो मृत्यु भएकी सावित्री तिमिल्सना चालिसेको छोरालाई निःशुल्क पढाइदिने भएका छन् ।

कोरोना महामारीबाट नेपालमा पहिलो मृत्यु भएकी सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-९ राम्चेकी सुत्केरी महिला चालिसेको छोरालाई मन्त्री बस्नेतले आफ्नै खर्चमा निःशुल्क पढाइदिने भएका हुन् ।

विं.स. २०७७ जेठमा चालिसेको मृत्यु हुँदा छोरा सफल नौ दिनको मात्र थिए । अहिले तीन वर्ष नाघेसँगै मन्त्री बस्नेतले सोमबार काठमाडौंको टोखा नगरपालिका-९ गोँगबुस्थित कान्तिपुर इङ्लिस एकेडेमीमा भर्ना गरिदिएका हुन् । उनले चालिसेको छोरा सफलको पठनपाठनको खर्च स्वरुप सोमबार ६० हजार नगद विद्यालयका प्राचार्य माधवप्रसाद अधिकारीलाई हस्तान्तरण गरे ।

रकम हस्तान्तरणपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै मन्त्री बस्नेतले सफलको कक्षा १२ सम्मको पढाई खर्च आफूले बेहोर्ने बताए । यस क्रममा उनले कक्षा १२ सम्मको शिक्षा निःशुल्क हुनुपर्ने बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार