धावनमार्गमा स्याल देखिएपछि भद्रपुरमा बुद्ध एयरको जहाज ओभरसुट

२०८० मंसिर ११, सोमबार

काठमाडौं : धावनमार्गमा स्याल देखिएपछि झापाको भद्रपुरमा बुद्ध एयरको जहाजले ओभरसुट गर्नु परेको छ ।

चन्द्रगढी विमानस्थलका सूचना अधिकारी किशोर कुमार खत्रीका अनुसार करीव ७ बजे काठमाडौंबाट चन्द्रगढी पुगेको जहाज अवतरणका लागि तयार रहेको समयमा धावनमार्गमा स्याल देखिएको थियो । धावनमार्गमा स्याल देखिएसँगै टावरले जहाजलाई अवतरण नगर्न ‘मिस अप्रोच’का लागि अनुरोध गरेको थियो । सोही अनुसार जहाजले ओभरसुट गरेको जानकारी दिए ।

‘धावनमार्गमा स्याल पसेको पाइएपछि मिस अप्रोच गर्न भनेका थियौं,’ उनले भने, ‘स्याल धपाएपछि मात्रै बुद्धले नर्मल अवतरण गर्‍यो ।’ जहाजलाई ओभरसुट गराएसँगै विमानस्थलमा स्याल धपाउने काम गरिएको उनले जानकारी दिए । यो विमानस्थल जंगली जनावरको बढी गतिविधि हुने विमानस्थलमा पर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0

ताजा समाचार