विपीन र वर्षाको फिल्म ‘तेल भिसा’ भदौ २८ देखि प्रदर्शन हुने

२०८० मंसिर १२, मंगलवार

काठमाडौं : शंकर घिमिरेको लेखन तथा निर्देशनमा बन्ने फिल्म ‘तेल भिसा’ आगामी भदौ २८ गतेदेखि प्रदर्शन हुने भएको छ। कलाकारको टुंगो लागेसँगै फिल्मको प्रदर्शन मिति घोषणा गरिएको हो। फिल्ममा विपीन कार्की, वर्षा राउत, गौरी मल्ल, ऋचा घिमिरे, बुद्धि तामाङलगायत कलाकारको अभिनय रहनेछ।

सेभेन सिज इन्टरमेन्ट र वेल डन क्रियसनको संयुक्त निर्माण रहेको फिल्म चैतको दोस्रो सातादेखि छायांकनमा जानेछ। फिल्मलाई सुसन प्रजापतीले खिच्नेछन्। विनोद पौडेल, अदिति खरेल र रमेश चौलागाईं फिल्मका निर्माता हुन्। फिल्मलाई रिच इन्टरटेन्मेन्ट र एफ डी कम्पनीले वितरण गर्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार