काठमाडाैं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली सिंहदबार पुगेका छन्। दुई नेताका बीचमा संक्रमणकालीन न्याय, समसामयिक राजनीतिक घटनाक्रम र संसदको अधिवशेन सञ्चालन गर्ने विषयमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
संसद्को हिउँदे अधिवेशन पनि बोलाउनुपर्ने समय भएकाले प्रधानमन्त्री प्रचण्डले प्रमुख प्रतिपक्ष नेकपा एमालेका अध्यक्ष ओलीलाई छलफलका लागि बोलाएका हुन्। त्यस्तै संक्रणकालिन न्याय सम्वन्धी विधेयक संसदको मानव अधिकार समितिमा विचराधिन रहेकाले त्यसम साझा धारणा तय गर्दै पारित गर्ने विषयमा छलफल हुने बताइएको छ।
बेपत्ता पारिएका व्यक्तिको छानविन आयोग तथा सत्य निरुपण तथा मेलमिलाप आयोगमा पदाधिकारी नियुक्ति गनुपर्ने र त्यसका लागि ऐन संशोधन हुनुपर्ने भएकाले प्रधानमन्त्री प्रचण्डले पछिल्लादिनमा छलफल तीब्र बनाएका छन् । पुर्व राजा ज्ञानेन्द्र शाह र दुर्गा प्रसाईको सक्रियता बढेकाले गणतन्त्र पक्षधरएकै ठाउँमा उभिनुपर्ने विषयमा समेत प्रधानमन्त्री प्रचण्डले राजनीतिक दलहरुसँग छलफल गरिरहेका छन्।