
काठमाडौँ : नेप्से इन्डेक्समा १७ दशमलव ९३ अंकको गिरावट आएको छ। बिहिबार १ हजार ८ सय ७६ दशमलव ६० अंक कायम भएको हो।
बुधबार ३३ लाख ५९ हजार कित्ता किनबेच हुँदा १ अर्ब १ करोड रुपैयाँको कारोबार भएको नेपाल एस्टक एक्सचेन्जले जनाएको छ।
बुधबार बिजय लघुवित्त वित्तिय संस्थाले सबैभन्दा धेरै कमाएको छ। उक्त कम्पनीको सेयर ९ दशमलव ८८ प्रतिशतले वृद्धि भएको हो। सबैभन्दा धेरै गुमाउनेमा बुद्धभूमि नेपाल हाइड्रो पावर कम्पनी रहेको छ। जसको सेयर ९ दशमलव ९८ प्रतिशतले घटेको हो।