पुकार बम पनि रास्वपा केन्द्रीय सदस्य मनोनीत

२०८० मंसिर १३, बुधबार

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा पाँच जना केन्द्रीय सदस्य थप गरिएको छ। महोत्तरीको जलेश्वरमा बसेको केन्द्रीय समिति बैठकले पुकार बमसहित थप ५ जनालाई केन्द्रीय सदस्य मनोनीय गरेको प्रवक्ता डा. मुकुल ढकालले जानकारी दिए।

बम गत निर्वाचनमा रास्वपाबाट काठमाडौँ क्षेत्र नम्बर १ प्रतिनिधिसभा सदस्यका उम्मेदवार थिए। उनी यसअघि विवेकशील साझा पार्टीमा आवद्ध थिए। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय सदस्यमा १४ जनालाई मनोनीत गरेको छ। बुधबार दिउँसो रास्वपाले १४ केन्द्रीय सदस्य थपिएको भन्दै सूची सार्वजनिक गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार