अमेरिकाका पूर्व विदेशमन्त्री हेनरी किसिन्जरको सय वर्षको उमेरमा निधन

२०८० मंसिर १४, बिहीबार

वासिङ्टन डिसी : संयुक्त राज्य अमेरिकाका पूर्व विदेशमन्त्री हेनरी किसिन्जरको सय वर्षको उमेरमा निधन भएको छ।उनी चिरपरिचित कुटनीतिज्ञ हुन्। नोवेल शान्ति पुरस्कार विजेतासमेत रहेका हेनरीको बुधबार कनेक्टिकटस्थित आफ्नै घरमा निधन भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। अमेरिकाको विदेश नीति बनाउन उनको मुख्य भूमिका रहेको थियो। अमेरिकाका १२ जना राष्ट्रपतिका उनी सल्लाहकार बनेका थिए।

राजनीतिबाट सन्न्यास लिएपछि हेनरीले पूर्णकालीन लेखकको रूपमा आफ्नो पहिचान बनाएका थिए। सन् १९६९ मा तत्कालीन राष्ट्रपति रिचर्ड निक्सनले उनलाई राष्ट्रिय सुरक्षा सल्लाहकार नियुक्त गरेका थिए। हेनरी एकै समयमा राष्ट्रपतिका सुरक्षा सल्लाहकार र विदेशमन्त्री बन्ने अमेरिकाका एक्ला व्यक्ति हुन्। यही समयमा उनले अमेरिकाको विदेश नीतिलाई परिमार्जन गर्न भूमिका खेलेका थिए। जेराल्ड फोर्ड अमेरिकाका राष्ट्रपति भएका बेलामा पनि विदेशमन्त्री बनेका थिए।

हेनरीले चीनसँगको कुटनीतिक सम्बन्ध निमार्णको नेतृत्व लिएका थिए। १९७३ मा हेनरीलाई उत्तरी भियतनामका कुटनीतिज्ञ ले डुक थो का साथ नोबेल शान्ति पुरस्कार दिने घोषणा गरिएको थियो।तर डुक थो ले उक्त पुरस्कार लिएनन। उनले भियतनाम युद्धको समापनका लागि भएको पेरिस शान्ति सम्झौतामा महत्वपूर्ण भूमिका खेलेका थिए। १९७७ मा राजनीतिबाट सन्न्यास लिएपछि हेनरीले सार्वजनिक मामिलामा आफूलाई केन्द्रित गरेका थिए।

हेनरीले उनको जीवनकालभरी इतिहास, राजनीति र कुटनीतिमा २१ वटा किताब लेखेका छन्। सन् १९२३ मा जर्मनीको यहुदी परिवारमा जन्मिएका हेनरी तत्कालीन तानाशाही नाजीबाट जोगिन १९३८ मा परिवारसहित अमेरिका गएका थिए। उनी सन् १९४३ मा अमेरिकाका नागरिक बनेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार