
काठमाडौँ : सर्लाहीको ईश्वरपुरमा आगलागीमा परेर एक युवक गम्भीर घाइते भएका छन्।
ईश्वरपुर नगरपालिका ३ भक्तिपुरमा बुधबार दिउँसो आगलागी हुँदा स्थानीय चन्देश्वर चौधरीको घर जलेर नस्ट भएको हो।
आगलागीमा परेर चौधरीका १४ वर्षीय छोरा रामकुमार गम्भीर घाइते भएका जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। घरमा लागेको आगो निभाउने क्रममा उनी घाइते भएका हुन्। घाइते युवकलाई स्थानीय अस्पतालमा सामान्य उपचार गरी थप उपचारको लागि गएराति नै काठमाडौँ ल्याइएको छ।
आगलागीबाट घरसहित किराना पसल, नगद, सुनचाँदीका गरगहनासमेत जल्दा चौधरी परिवारको ७० लाख रुपैयाँ भन्दा धेरैको क्षति भएको अनुमान प्रहरीले गरेको छ।