
काठमाडौँ : सुदूरपश्चिममा ‘अछामी बड्डो’ का नामले परिचित लालबहादुर धामीले नयाँ देउडा गीत ल्याएका छन्।
अछाडी बड्डो युट्युव अकाउन्डमार्फत ‘बड्डाका दिन गया’ बोलको देउडा गीत सार्वजनिक गरिएको हो। राजेन्द्र शाहको शब्द रहेको गीतमा धामीका साथै देवी घर्तीको स्वर सुन्न सकिन्छ। धामीकै संगीत रहेको गीतमा विनोद बाजुरालीले संगीत संयोजन गरेका हुन्।
भिम थापा निर्देशनमा रहेको गीतको भिडियो डडेल्धुराको परशुराम नगरपालिकाको मलास क्षेत्रमा छायाङ्कन गरिएको हो। भिडियोमा धामीसहित रोजी कुँवर लगायतका अभिनय रहेको छ।
‘सुदूरपश्चिमको मौलिक कला संस्कृतिलाई जगेर्ना गर्नुका साथै युवा पुस्तालाई समेत देउडामा आकर्षित गराउन गीतमा यहाँका कला, संस्कृति समेटेर बजारमा ल्याएका छौँ। यस गीतमा सुदूरपश्चिमको आफ्नोपन झल्एिकाले सबैले मन पराउनेमा आश गरेका छौं,’ धामीले भने।
विसं २०५५ देखि देउडा क्षेत्रमा सक्रिय रहेका धामी कञ्चनपुर लोक तथा दोहोरी गीत प्रतिष्ठानका अध्यक्ष समेत हुन्। उनले वैशाखयता तीनवटा देउडागीत सार्वजनिक गरिसकेका छन्।