अध्यक्ष ओलीकाे दाबी– हामीले छाडेपछि देशको अर्थतन्त्र ओरालो लाग्यो

२०८० मंसिर १४, बिहीबार

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा अ‍ोलीले आफू नेतृत्वको सरकार ढलेपछि देशको राजनीति अस्थिरता हुनुका साथै अर्थतन्त्र ओरालो लागेको दाबी गरेका छन् ।

‘हामीले सरकार छोडेपछि यी अढाइ वर्षमा देशको अर्थतन्त्र ओरालो लाग्यो, राजनीति अस्थिरतामा गयो, रोजगारीका अवसर समाप्त भए, देश झन् झन अफ्ठ्यारो पर्दैछ, अहिले कर्मचारी पाल्ने पैसा पनि सरकारसँग छैन,’ बैतडीको गोठालापानीमा आयोजित आमसभालाई सम्बोधन गर्दै उनले भने ।

यस्तै, अध्यक्ष शर्मा ओलीले नेपालमा राजतन्त्र नफर्किने दाबी गरे । यस क्रममा उनले गणतन्त्रको विरोध गर्ने दुस्साह भइरहेको टिप्पणी गरे ।

‘हामी पछाडि फर्किन सक्दैनौँ, फेरि रैती हुन सक्दैनौँ, जन्मिदै कोही राजा हुन जन्मिन्छ कोही दास हुन जन्मिन्छ भनेर मान्दैनौँ,’ ओलीले भने ।

उनले पहिचानको नाममा नेपाली जनतालाई विभाजित गर्न खोजिएको भन्दै आपत्ति जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार