स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा. लोहनी नियुक्त

२०८० मंसिर १४, बिहीबार

काठमाडौँ : सरकारले लामो समयदेखि रिक्त रहेको स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा.गुणराज लोहनीलाई नियुक्त गरेको छ ।

यसअघि उनी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रमुख विशेषज्ञ थिए भने गएको साल सेवा निवृत्त भएका थिए । यस्तै, उनले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) वीर अस्पतालको प्रमुख भएर काम गरिसकेका छन् ।

स्वास्थ्य बीमा बोर्डको अध्यक्ष स्वास्थ्य मन्त्रालयका पूर्वसचिव डा.सिनेन्द्र उप्रेती बनेका थिए । उनले बोर्डले गर्दै आएको  कामकारबाहीप्रति असन्तुष्टि जनाउँदै राजीनामा दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार