काठमाडौँ : विवाह गरेको ६ वर्षपछि नेपालमै पहिलो पटक कानुनी मान्यता पाएका समलिंगी जोडीले न्याय पाएको बताएका छन् । शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा लमजुङको दोर्दी गाउँपालिका २ सल्लाबोटकी ३७ वर्षकी माया भनेर चिनिने रामबहादुर गुरुङ र नवलपरासीको कावासोती नगरपालिका ८ कावासोती इन्द्रचोकका २७ वर्षका सुरेन्द्र पाण्डेले बिहे दर्तापछि आफूहरूलाई न्याय मिलेको बताएका हुन् ।





