बुबा पुर्पक्षका लागि थुनामा, छोरा ३० लाख धरौटीमा रिहा

२०८० मंसिर १५, शुक्रबार

काठमाडौं : नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा एमाले सचिव टोपबहादुर रायमाझी पुर्पक्षका थुनामा पठाउँदा उनका छोरा सन्दीय रायमाझी धरौटीमा रिहा भएको छ।

पाटन उच्च अदालतका न्यायाधीशद्वय जनक पाण्डे र प्रकाश खरेलको इजालासले सन्दीपलाई ३० लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो। सन्दीपले पीडितहरूसँग रकम लिएको नदेखिएको भन्दै धरौटीमा छाड्न आदेश दिएको हो।

‘प्रतिवादी सन्दीप रायमाझीले पीडितहरूसँग रकम लिएको देखिएन। प्रतिवादीले अधिकार प्राप्त अधिकारी तथा अदालतसमक्ष बयान गर्दा अभियोग दाबीको कसूरमा इन्कार रहेका छन्। अनुसन्धानका सिलसिलामा संकलित सबुद प्रमाणबाट निज प्रतिवादीको कसुरमा संलग्नता पुष्टि हुन नसकेको अवस्थामा यी प्रतिवादीलाई मुलुकी फौजदारी संहिता, २०७४ को दफा ६७(१)(ख) बमोजिम थुनामा राखी मुद्दाको पुर्पक्ष गर्नेगरी काठमाडौं जिल्ला अदालतबाट मिति २०८०/०३/०१ मा भएको आदेश देश बदर गरिदिएको छ,’ आदेशमा भनिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार