रियाद : अल हिलालसँग पराजित हुँदै क्रिस्टियानो रोनाल्डोको अल नासरलाई उपाधि होडमा ठुलो धक्का लागेको छ । शुक्रबार भएको खेलमा ३–० को जीत हासिल गर्दै अल हिलालले साउदी प्रो लिगमा ७ अङ्कको अग्रता बनाउन सफल भएको हो ।
निकै रोमाञ्चक बनेको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफको ६४ औँ मिनेटमा सर्गेज मिलिन्कोभिच साभिचले गोल गर्दै अल हिलाललाई अग्रता दिलाए । लगत्तै रोनाल्डोले भलीमार्फत गोल गरेपनि त्यसलाई अफसाइड करार गरिएको थियो ।





