हमासले बन्धक बनाएको छैटौँ इजरायलीको मृत्यु भएको पुष्टि

२०८० मंसिर १६, शनिबार

तेल अभिभ : हमासले बन्धक बनाएका ६ जना इजरायलीको मृत्यु भएको पुष्टि भएको छ । गाजामा बस्ने ७० वर्षीय ओफ्रा किदारको शुक्रबार मृत्यु भएको पुष्टि भएको हो ।

उनी गत अक्टोबर ७ मा बन्धक बनेकी थिइन् । त्यति बेला उनले आफ्नो परिवारलाई फोन पनि गर्न भ्याएकी थिइन् । उनले हमासका चरमपन्थीहरूले उनलाई गोली हान्न लागेकाो बताएकी थिइन्।

उनको श्रीमान् सामीलाई पनि घरमा गोली लागेको थियो । उनकी छोरीले भने लुकेर ज्यान जोगाइन् । यसअघि बीबीसीले हमासले कब्जामा लिएका पाँच इजरायलीको मृत्यु भएको जानकारी दिएको थियो । जसमा २६ वर्षदेखि ८५ वर्षसम्मका व्यक्तिहरू थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार