नेतालाई गाली गरेर नयाँ पुस्ताको औचित्य पुष्टि हुँदैन : घनश्याम भुसाल

२०८० मंसिर १६, शनिबार

काठमाडौँ : नेकपा (एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसालले नेताहरुलाई गाली गर्ने काम बन्द गर्न आग्रह गरेका छन्।

अबको नयाँ पुस्ताले नेताहरुलाई गाली गरेर जिन्दगी बिताउने काम गर्न नहुने महासचिव भुसालको तर्क थियो।

शनिवार काठमाडौंमा आयोजित ‘नेपाली समाजको मुख्य अन्तरबिरोध’ विषयक विचार गोष्ठीमा बोल्दै उहाँले मुलुकको राजनीति नेताहरुले बिगारेको भएपनि नयाँ पुस्ताले उनीहरुलाई गाली गरेर आफ्नो औचित्य पुष्टि गर्न नसक्ने पटकपटक दोहोर्याए।

महासचिव भुसालले माक्सवादको झण्डा नेताहरुले पपुलिष्टहरुलाई लगेर बुझाएकाले समाजवाद निर्माणका लागि फेरि माक्सवादी पद्धतिमै फर्कनुको विकल्प नभएको बताए।

उनले भने, ‘अहिले राजनीतिको जुन हावा चलेको छ। हावा चल्नुको केही खास कारण छन्। किनभने राजनीति हामीले नै बिगार्यौं। माथि गएकाले बिगार्यौं। यो क्रान्तिको झण्डा पपुलिष्टहरुलाई लगेर बुझाएको हामीहरु ले नै हो, हाम्रा नेताहरुले नै हो। अब इतिहासमा यी नेताहरुलाई गाली गरेर कुने जेनेरेशनले आफ्नो पिँढीको औचित्य पुष्टि गर्न सक्दैन। अब नेतालाई गाली गर्ने समय पनि सकियो होला। यो गाली मात्रै गर्दाखेरी त हाम्रो जिन्दगी गाली गरेर मात्रै जाने भयो। त्यसो हुनाले यो च्याप्टर क्लोज गरिदिऊँ।’

महासचिव भुसालले मुलुकमा सामन्तवाद नभएको तर पनि कम्युनिष्ट नेताहरुले त्यसैमाथि प्रहार गर्ने गरेको भन्दै त्यस्तो बिडम्बनापूर्ण अवस्थाको अन्त्य गर्नुपर्ने दोहोर्याए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार