बढ्यो सुनको मूल्य, नयाँ रेकर्ड कायम

२०८० मंसिर १७, आईतवार

काठमाडौं : आइतबार छापावाल सुनको मूल्य १८ सय रूपैयाँले बढेको छ । शुक्रबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख १९ हजार रुपैयाँ कायम भएकोमा आज १ हजार ८ सय रूपैयाँले बढेर १ लाख २० हजार ८ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तेजावी सुनको मूल्य प्रतितोला १ लाख २० हजार २ सय रुपैयाँ कायम भएको छ ।

शुक्रबार चाँदीको मूल्य प्रतितोला १५ सय ४० रुपैयाँ कायम भएकोमा आज ५ रूपैयाँले बढेर १५ सय ४५ रूपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1

ताजा समाचार