काठमाडौं : सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । आज सुनको मूल्य ८ सय रूपैयाँले बढी हाल सम्मकै नयाँ उचाइ कायम गरेको हो । आइतबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख २० हजार ८ सय रुपैयाँ कायम भएकोमा आज ८ सय रूपैयाँले बढेर १ लाख २१ हजार ६ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
तेजावी सुनको मूल्य प्रतितोला १ लाख २१ हजार रुपैयाँ कायम भएको छ ।
आइतबार चाँदीको मूल्य प्रतितोला १५ सय ४५ रुपैयाँ कायम भएकोमा आज पनि सोहि मूल्य कायम भएको छ ।





