काठमाडौं : मंगलबार छापावाल सुनको मूल्य २४ सय रूपैयाँले घटेको छ । सोमबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख २१ हजार ६ सय रुपैयाँ कायम भएकोमा आज २ हजार ४ सय रूपैयाँले घटेर १ लाख १९ हजार २ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
तेजावी सुनको मूल्य प्रतितोला १ लाख १८ हजार ६५० रुपैयाँ कायम भएको छ ।
सोमबार चाँदीको मूल्य प्रतितोला १५ सय ४५ रुपैयाँ कायम भएकोमा आज ४५ रूपैयाँले घटेर १५ सय रूपैयाँ कायम भएको छ ।





