काठमाडाैं : निजी दूरसञ्चार प्रदायक एनसेलको खरिद बिक्री प्रकरण बिरुद्ध एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले प्रदर्शन गरेको छ। अनेरास्ववियुले मंगलबार काठमाडौंको लैनचौरस्थित एनसेलको कार्यालय अगाडि प्रदर्शन गरेको हो।
एनसेलको खरिद बिक्री प्रकरणका नीतिगत भ्रष्टाचार भएको भन्दै प्रदर्शन गरिएको अनेरास्ववियुले जनाएको छ। प्रदर्शनमा सहभागीहरुले नीतिगत भ्रष्टाचार गर्न पाइँदैन, एनसेल आय व्यय सार्वजनिक गर, एनसेल खरिद बिक्रीको छानविन गर, एनसेललाई राष्ट्रियकरण गर लगाएतका प्लेकार्ड प्रदर्शन गरेका थिए।
अनेरास्ववियुका अध्यक्ष समिक बडालले पाँच बर्षपछि राज्यको मातहतमा आउने एनसेल नीतिगत भ्रष्टाचारका कारण बिक्री बितरण गर्दा राज्यले केही गर्न नसकेको आरोप लगाए।





