सतुंगलमा भन्सार छलेर ल्याएको १८ हजार ८५० केजी चिनी बरामद

२०८० मंसिर २०, बुधबार

काठमाडौँ : काठमाडौँको सतुंगलमा भन्सार छलेर ल्याएको चिनी फेला परेको छ ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अवैध तवरबाट आएको भेटिएपछि १८ हजार ८५० केजी चिनी राखेको गोदाम सिल गरेको छ ।गोदाम सिल गरेर आयातकर्तालाई झिकाउन जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका निर्देशक आनन्दराज पोखरेलले बताए ।

सो चिनी जय माँ दुर्गा इन्टरप्राइजेजले आयात गरेको हो । आयातकर्ताले बुझाएको प्रज्ञापनपत्र र बोरामा उल्लेखित विवरण म्याच नभएको निर्देशक पोखरेलले बताए । उनले भने–‘३१७ बोरा चिनी सिल गरेर थप छानबिन गरिरहेका छौँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार