पार्टी बनाउन मोह त्याग्न सक्नुपर्छ : महामन्त्री शर्मा

२०८० मंसिर २१, बिहीबार

घोराही : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले बदलिएको रुपान्तरित कांग्रेस बनाउन पार्टी सभापति शेरबहादुर देउवालगायतका नेताहरुले पदको मोह त्याग्नुपर्ने बताएका छन् ।

कांग्रेस दाङले घोराहीमा आयोजना गरेको कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा महामन्त्री शर्माले पार्टीलाई आन्तरिक रुपमा बलियो बनाउन नेताहरुमा भएको पदको मोह हट्नुपर्ने बताएका हुन् । उनले भने, ‘पद भए ठिक, नभए बेठिक भन्ने संस्कारको अन्त्य हुनुपर्छ । पार्टीका लागि काम गर्ने नेता तथा कार्यकर्ताले पदको लोप गर्नु हुँदैन ।’ पदले भन्दा कामले नेतालाई लोकप्रिय बनाउने भन्दै महामन्त्री शर्माले पाँच पटक प्रधानमन्त्री बनिसक्नुभएका पार्टी सभापति शेरबहादुर देउवालगायतका समकालिन नेताहरुले अव पदको मोह त्याग गरी सम्मानित रुपमा बस्नुपर्ने बताए ।

पार्टीका संस्थापक सभापति विश्वेश्वरप्रसाद कोइलाराले धनुषाको जनकपुरमा भाषणका क्रममा दाङका पर्शुनारायण चौधरीलाई भावी प्रधानमन्त्रीका रुपमा अघि सारेको, गणेशमान सिहं प्रधानमन्त्री बन्ने भनेको विषय उठाउँदै महामन्त्री शर्माले भने, ‘हाम्रो पार्टी सभापतिज्यू पाँच पटक प्रधानमन्त्री बनिसक्नुभयो । अव फेरि प्रधानमन्त्रीको लोभ गर्ने होइन ।’ अन्य नेताहरुले पनि पदकै लागि राजनीति गर्ने र पद नपाए सबै सक्किनेझैं गर्नु हुँदैन । बरु योग्य र सक्षमलाई नेतृत्वका लागि अघि बढाउनुपर्छ ।’ महामन्त्री शर्माले गौतम बुद्ध एक पटक पनि कुनै पदमा नपुगेर विश्वभरी चर्चित भएको भन्दै राम्रो काम गर्न पदको आवश्यकता नभएको बताए ।

त्यसैगरी महामन्त्री शर्माले राष्ट्रपति एक कार्यकाल, प्रधानमन्त्री दुई कार्यकाल, मन्त्री तीन र संसद ४ पटकभन्दा बढी हुन नपाउने व्यवस्था गर्नुपर्ने धारणा राखे । कांग्रेसकै कारण सशस्त्र द्वन्द्वका क्रममा रहेको माओवादी शान्ति प्रक्रियासँगै देशले संविधान, संघीयता लगायतका उपलव्धी प्राप्त गरेको भन्दै महामन्त्री शर्माले त्यही उपलव्धीका कारण देशले मधेशी समुदायसँगै महिला राष्ट्रपतिसँगै संसदमा समेत सवै जाति, समुदायको प्रतिनिधित्व भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार