३७ लाख बराबरको धनमाल चोरी गर्ने युवक पक्राउ

२०८० मंसिर २१, बिहीबार

काठमाडौँ : प्रहरीले काठमाडौँको जडिबुटीबाट चोरी गरेको आरोपमा एक युवकलाई पक्राउ गरेको छ ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले काभ्रेपलाञ्चोक तिमाल ७ स्थायी घर भई हाल पेप्सीकोला बस्ने २० वर्षीय विक्रम नेपालीलाई पक्राउ गरेको हो । नेपालीले गत कार्तिक २४ गते दिउँसो भक्तपुुरको मध्यपुर ठिमी नगरपालिका-२ स्थित युवराज अधिकारीको घरबाट सुन, हिराका गरगहना, मोबाइल र नगदसहित अन्दाजी ३७ लाख २७ हजार बराबरको धनमाल चोरी गरेको प्रहरीले जनाएको छ ।

नेपालीले चोरी गरेका सुन र गरगहना बरामद गरी थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत ठिमी पठाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार