ओभरटेक गर्दा दुर्घटनामा परी मोटरसाइकल चालकको मृत्यु

२०८० मंसिर २८, बिहीबार

काठमाडौं : काभ्रेको पाँचखालमा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

बिहीबार बिहान साढे आठ बजे पाँचखाल नगरपालिका ६ हनुमानगढीस्थित अरनिको राजमार्गमा प्रदेश ३–०१–००५ ख ९७०३ नम्बरको गाडीलाई ‘ओभर टेक’ गर्ने क्रममा बा‍‍‍ ८७ प ६४१ नम्बरको मोटरसाइकल दुर्घटनामा परी चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

प्रहरीका अनुसार दुर्घटनामा पनौती नगरपालिका १२ घर भएका ३४ वर्षीय रुपक खत्रीको घटनास्थलमै मृत्यु भएको हो ।

तीव्र गतिमा रहेको मोटरसाइकलले बसलाई ओभरटेक गर्ने क्रममा अनियन्त्रित भई बिपरित दिशाबाट आउँदै गरेको गाडीसँग ठक्कर खाएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार