करुवा व्यवसायीका समस्या बुझ्दै एमाले अध्यक्ष ओली

२०८० मंसिर २८, बिहीबार
टक्सार  : भोजपुर नगरपालिकाका उपप्रमुख निर्मला शेर्पाले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई जिल्ला सदरमुकाममा आयोजित जनभेटघाट कार्यक्रममा भोजपुरको टक्सारमा बनेको करुवा उपहार दिए । उपप्रमुख शेर्पाले करिब चार महिना लगाएर बनेको छ किलोको करुवा पार्टी अध्यक्ष ओलीलाई दिए  ।
करुवा लिँदै खुशी देखिनुभएका अध्यक्ष ओली आजै बिहानै भोजपुरको धातु व्यवसायका लागि चर्चित मानिएको ऐतिहासिक टक्सार बजार पुग्नुभयो । उनिले धातु व्यवसाय सञ्चालनमा देखिएको समस्याका बारेमा समेत जिज्ञासा राखे । टक्सारबाट धातु व्यवसायी विस्थापित हुने क्रम बढिरहेको अवस्थामा यहाँ केही मात्र व्यवसायीको अहिले बसोबास रहँदै आएको छ ।
उनिले टक्सार बजारका पुराना धातु व्यवसायी बुद्धराज शाक्यसँग भेटेर व्यवसायका बिषयमा कुरा गर्नुभयो । शाक्यसँग भेटेपछि अध्यक्ष ओलीले भने , “मैले भोजपुरमा उपहार पाएको करुवा पनि उनिले नै बनाए , यस पेशाका समस्याबारे मैले बुद्धराजजीसँग कुरा गरें ।”
व्यवसायी शाक्यले कांसका थोत्रा समान पगालेर विभिन्न नयाँ समान बनाउनुहुन्छ । करुवा, कलश, कचौरा, गाग्री लगायतका सामान आफुले बनाउँदै आएको उनिले बताए  । देशका पूर्वप्रधानमन्त्री नै आएर व्यवसायका विषयमा चासो राख्दा आफुमा पनि खुशी छाएको शाक्यले बताए  । मङ्सिर १४ गतेदेखि बैतडीको झुलाघाटबाट सुरु भएको समृद्धिका  लागि संकल्प यात्राका क्रममा भोजपुर आउनुभएका ओलीले ऐतिहासिक टक्सार बजारका बिषयमा चासो राख्नु भएको हो ।
टक्सारमा निर्मित करुवा, तामाको भाँडा, गाग्रो, कांसको थाल, लोटा, आमखोरा, अन्टी, ग्लास, कचौरा, डबका नेपाल भित्र मात्र नभएर विदेशमा समेत प्रसिद्ध रहेका छन् । यतिबेला ती बनाउने कालिगढ विस्थापित भएका छन् । ऐतिहासिक कलामा पोख्त कालिगढ पलायन भएपछि मूर्तिकला र हस्तकलाको उद्योग पनि लोप भएको छ ।
“कालिगढको अभावसँगै कच्चा पदार्थको अभावमा धातु उद्योग फस्टाउन सकेको छैन, स्थानीय स्तरमा खानी सञ्चालन नभएकाले तराईबाट आवश्यक कच्चा पदार्थ र कोइला ढुवानी गर्दा महङ्गो समेत हुने भएकाले पनि टक्सारबाट कालिगढ विस्थापन हुने क्रम बढेको छ”, स्थानीय विमल शाक्यले भने  ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार