सिग्देललाई रथीमा बढुवा गर्ने सरकारको निर्णय

२०८० मंसिर २८, बिहीबार

काठमाडौं : सरकारले नेपाली सेनाका उपरथी अशोकराज सिग्देललाई रथीमा बढुवा गर्ने निर्णय गरेको छ। सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद बैठकले रिक्त रथी पदमा सिग्देललाई बढुवा गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन्।

त्यस्तै बैठकले नेपाल परराष्ट्र सेवातर्फको राजपत्राङ्कीत बिशिष्ट श्रेणी(सचिव) रिक्त एक पदमा सहसचिव सेवा लम्साललाई बढुवा गर्ने निर्णय गरेको छ भने विद्युत खपत बृद्धि तथा खनिज इन्धन न्यूनिकरण सम्बन्धी कार्ययोजना २०८० लाई स्वीकृत गर्ने निर्णय गरेको प्रवक्ता शर्माले जानकारी दिइन्।त्यसअघि सिंहदरबारमा आ.व. २०८०-८१ को नीति तथा कार्यक्रम र बजेटको कार्यान्वयन चौमासिक समीक्षा भएको थियो। चौमासिक समिक्षा सन्तोषजनक नपाइएको प्रवक्ता शर्माले बताइन्।चौमासिक समीक्षामा केहि मन्त्रीहरू कार्यव्यस्तताका कारण अनुपस्थित भएकाले पुन अर्को बैठक बस्ने उहाले जानकारी दिइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार