एग्रो मनाङ अवैधरुपमा सञ्चालन भएको मनाङेको आरोप

२०८० मंसिर २८, बिहीबार

पोखरा : गण्डकी प्रदेशसभा सदस्य एवं पूर्वमन्त्री राजीव गुरुङ (दीपक मनाङे) ले हिमालपारिको जिल्ला मनाङमा सञ्चालित एग्रो मनाङ प्रालिले सार्वजनिक जग्गा मिचेको आरोप लगाएका छन् ।

पूर्व संघीय सांसद पोल्देन छोपाङ गुरुङले १० वर्षअघि सुरु गरेको सो उक्त फार्म एशियाकै सबैभन्दा ठूलो दाबी गरिएको छ । तर उक्त फार्मले अवैधरुपमा वन फडानी गरी सार्वजनिक जग्गा मिचेको र एउटै व्यक्तिको हालीमुहाली भएक्को भन्दै मनाङकै सांसद राजीव गुरुङले उक्त आरोप लगाएका हुन् ।

समाजवादी प्रेस संगठन नेपाल कास्कीले बिहीबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा नेकपा (एकीकृत समाजवादी) का प्रदेश सांसद मनाङले भने, ‘सात सय ३४ रोपनी जग्गाको अवैधानिक अनुमति लिएर ८ सय २५ भन्दा बढी रोपनी जग्गा भोगचलन गर्दै आएको पाइएको छ ।’ फार्मले करिब ८० रोपनी जग्गामा करिब ४ हजार रुखहरु फडानी गरेको र अवैधरुपमा वन फडानी गर्दा समेत जिम्मेवार निकाय मौन बस्नु लज्जाको विषय भएको उनले बतए ।

उनका अनुसार हिमाली प्रोजेक्ट, प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रम, कोल्ड स्टोर सञ्चालन, स्याउ विशेष कार्यक्रम, फलफूल बिस्तारजस्ता धेरै शीर्षकबाट केन्द्रदेखि स्थानीय तहबाट सो फार्मले करोडौं रुपैयाँ अनुदान लिइसकेको र अनुदानदाता निकायबाट पनि गम्भीर त्रुटि रहेको आरोप लगाए । मनाङको पिसाङस्थित जनकल्याण प्राविको जग्गामा मदिरा कारखाना पनि खोलिएको र अनुमतिबिना विद्यालयको जग्गामा मनोमानी गरिनु कानुनविपरीत भएको जिकिर गरे । उनले स्रोत दुरुपयोग भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयमा उजुरीसमेत दिइसकेको खुलाए ।

उनले एग्रो मनाङ प्रालि कसरी दर्ता भयो र ठिक ढंगले चलेको छ कि छैन भन्ने कुराको हेक्का नराखी अनुदान बाँडिनु गलत भएको बताए । उसका सबै कागजात नक्कली भएको सांसद मनाङेको आरोप छ । फार्म सञ्चालनसँगै मनाङ एग्रोले गण्डकी प्रदेश सरकारलाई स्याउ खेती’bout प्राविधिक सहयोग पनि दिन थालेको छ । गण्डकी सरकारले मनाङसँगै गोरखाको चुनुब्रीमा सुरु गरेको स्याउ खेती परियोजनामा मनाङ एग्रोले नै सघाएको थियो ।

८० रोपनी क्षेत्रफलमा करिब ४ हजार रुख कटान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार