आज पनि बढ्यो सुनको मूल्य

२०८० मंसिर २९, शुक्रबार

काठमाडौं : शुक्रबार छापावाल सुनको मूल्य ३ सय रूपैयाँले बढेको छ । बिहीबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख १८ हजार ८ सय रुपैयाँ कायम भएकोमा आज ३ सय रूपैयाँले बढेर १ लाख १९ हजार १ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तेजावी सुनको मूल्य प्रतितोला १ लाख १८ हजार ५५० रुपैयाँ कायम भएको छ ।

बिहीबार चाँदीको मूल्य प्रतितोला १४ सय ५५ रुपैयाँ कायम भएकोमा आज १५ रूपैयाँले बढेर १४ सय ७० रूपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार