एसिया प्यासिफिक कलेजका प्राचार्य घिमिरेलाई ‘वेस्ट प्रिन्सिपल अवार्ड’

२०८० मंसिर २९, शुक्रबार

काठमाडौं : एसिया प्यासिफिक स्कुल/कलेजका प्राचार्य रमेश घिमिरे सन् २०२३ को ‘वेस्ट प्रिन्सिपल अवार्ड’ बाट सम्मानित भएका छन् ।

 

‘कलेज रिडर’को आयोजना तथा एभरेस्ट इन्टरनेसनल स्कुल जपानको सहआयोजनामा जापानमा भएको ‘जापान एजुकेसनल अवार्ड’मा घिमिरेलाई उक्त सम्मान प्रदान गरिएको हो । स्कुल/कलेज स्थापनाको छोटो समयमा एसिया प्यासिफिकले शैक्षिक तथा अतिरिक्त कृयाकलापमा देखाएको उत्कृष्ट प्रस्तुतिका लागि घिमिरेलाई सम्मानित गरिएको हो ।

 

कार्यक्रममा जापानका लागि नेपाली राजदूत महामहिम डा दुर्गाबहादुर सुवेदी, प्रतिनिधि सभाका सदस्य माननीय टिएल चौधरी, एनआरएन जापानका अध्यक्ष नवीन निउरे लगायतका शिक्षाविदको उपस्थिति थियो । नेपालभर‍का विद्यालयबाट घिमिरे उत्कृष्ट प्रिन्सिपल छानिएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
1
+1
0
+1
0
+1
3
+1
1
+1
0

ताजा समाचार