खाँणले बुझाए ३० लाख धरौटी, सम्पत्ति शुद्धिकरण विभाग लगियो

२०८० मंसिर २९, शुक्रबार

काठमाडौं : नक्कली भुटानी शणार्थी प्रकरणमा उच्च अदालतको आदेशमा धरौटीमा रिहा हुन लागेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणले धरौटी बुझाएका छन्। शुक्रबार उच्च अदालत पाटनको आदेशअनुसार खाँणले जिल्ला अदालत काठमाडौंमा ३० लाख धरौटी बुझाएका हुन्।

अहिले खाँणलाई सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग लगिएको छ। केन्द्रीय कारागार प्रशासनले खाँणलाई  विभागमा उपस्थित गराएको हो । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका खाँणमाथि सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग र अख्तियार दुरूपयोग अनुसन्धान आयोगले समेत अनुसन्धान गर्नुपर्ने प्रहरीले राय दिएको थियो। यसैले खाँणमाथि विभाग र अख्तियारले पुन : अनुसन्धान गर्नेछ।

न्यायाधीश जनक पाण्डेले खाँणलाई ३० लाख रुपैयाँ धरौटी लिएर मुद्दाको पुर्पक्ष गर्न राय दिएका थिए। सोही रायलाई सदर गर्दै न्यायाधीश कोइरालाको एकल इजलासले धरौटीमा छोड्ने आदेश दिएपछि खाँण छु्टेका हुन्।

मंसिर १५ गते उच्च अदालतका न्यायाधीशद्वय प्रकाश खरेल र पाण्डेको संयुक्त इजलासमा खाँणलाई थुनामै राख्ने कि धरौटीमा छाड्ने विषयमा राय बाझिएको थियो। उक्त विवादको टुंगो तेस्रो न्यायाधीशसमक्ष पेश गरी सुनुवाइ गर्ने निर्णय भएको थियो। तर,अर्का न्यायाधीश खरेलले खाँण निर्दोष रहेको विश्वास गर्न मिल्ने मनासिव आधार नभएको उल्लेख गर्दै फरक राय पेस गरेका थिए। न्यायाधीशबीचको राय बाँझिएपछि तेस्रो न्यायाधीशको एकल इजलासमा खाँणको निवेदनमाथि सुनुवाइ भएको हो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार