बालकृष्ण खाँणले बुझाए ३० लाख रुपैयाँ बैंक ग्यारेन्टी

२०८० मंसिर २९, शुक्रबार

काठमाडौँ : नक्कली भूटानी शरणार्थी प्रकरणका आरोपी नेपाली काँग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई जिल्ला अदालत काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको छ।

पूर्व गृहमन्त्री खाँणलाई बिहीवार उच्च अदालत पाटनले ३० लाख रुपैयाँ धरौटीमा छोड्न आदेश दिएसँगै छोड्नको लागि प्रक्रिया पु¥याउन जिल्ला अदालतमा उपस्थित गराइएको हो।

खाँणले काठमाडौं जिल्ला अदालत पुगेर ३० लाख रुपैयाँको बैंक ग्यारेन्टी बुझाएका छन्। सम्पती शुद्धीकरण अनुसन्धान विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उपस्थित गराएपछि मात्र खाँणलाई छोडिने छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार