निगमले घटायो पेट्रोल, मट्टितेल र डिजेलको मूल्य

२०८० मंसिर २९, शुक्रबार

काठमाडौं  : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ।

निगमले शुक्रबार साँझ विज्ञप्ति जारी गरेर पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ३/३ रूपैयाँका दरले मूल्य घटाएको जनाएको छ।

घटाइएको मूल्य शनिबार बिहान १ बजेदेखि लागू हुने निमगले जनाएको छ। नयाँ मूल्यअनुसार अब पेट्रोल प्रतिलिटर १६७, डिजेल र मट्टितेल १५७ रूपैयाँमा किन्न सकिने छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार