कामना सेवा विकास बैंकको प्रमुख व्यवसाय अधिकृतमा दिपेन्द्र सुवेदी

२०८० मंसिर २९, शुक्रबार

काठमाडौँ : कामना सेवा विकास बैंकको प्रमुख व्यवसाय अधिकृतमा दिपेन्द्र सुवेदी नियुक्त भएका छन् । प्रमुख व्यवसाय अधिकृत सुवेदीलाई बैकका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले स्वागत गरेका हुन् ।

करिव १७ वर्ष को बैकिङ अनुभव भएका सुवेदीले शुक्रवार आफ्नो पद वहाली गरेका छन् । उक्त स्वागत तथा पदवहाली कार्यक्रममा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत विनय दाहाल लगायत अन्य उच्च पदस्थ कर्मचारीहरुको उपस्थिती रहेको थियो । सुवेदी कामना सेवामा आउनु भन्दा अगाडी साग्रीला डेभलपमेण्ट बैंकमा कार्यरत रहेका थिए ।

सुवेदीको नियुक्तीले बैंकको आफ्नो व्यवसाय वृद्धीमा उल्लेख्य टेवा पुग्ने विश्वास बैंकले लिएको छ । हाल देशभरका विभिन्न स्थानमा रहेका १३५ वटा संजाल, ७७ वटा एटिएमवाट बैंकले आफ्नो अत्याधुनिक सेवा सुविधाहरु प्रदान गर्दै आईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार