प्रधानमन्त्री प्रचण्डद्वारा हेटौँडास्थित मानवसेवा आश्रम भवनको उद्घाटन

२०८० मंसिर ३०, शनिबार

हेटौँडा : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हेटौँडास्थित मानवसेवा आश्रम (मानवता प्रवर्द्धन महाअभियान) को मुख्य कार्यालयको नवनिर्मित भवनको उद्घाटन गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डले मानवसेवा आश्रमले अशक्त र अपाङता भएकाहरुका लागी १२ करोड रुपैयाँ लागतमा निर्माण गरेको अपाङ्गता मैत्री मुख्य सेवा केन्द्र भवनको उद्घाटन गरेका हुन् । २०८२ सालभित्र सहयोगापेक्षी सडकआश्रित मानवमुक्त राष्ट्र नेपाल निर्माणको लक्ष्य लिएको मानव आश्रमको २०६९ भदौ १३ गते स्थापना भएको थियो । आश्रमको केन्द्रीय कार्यालय हेटौँडामा २५ जना बालबालिका, ९५ जना महिला र एक सय जना पुरुष गरी २२० जना आश्रित रहेका छन् ।

मानवसेवा आश्रमको बागमती प्रदेशमा ६, गण्डकी प्रदेशमा ५, लुम्बिनी प्रदेशमा ४, मधेश प्रदेशमा ३ र कोशी, कर्णाली प्रदेशमा एउट र सुदूरपश्चिम प्रदेशमा एक/एकवटा गरी २४ वटा आश्रमहरु रहेका छन् । जहाँ एक हजार ७ सय जना सहयोगापेक्षी मानवहरु आश्रित रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार