पराल बोकेको गाडीमा आगजनी

२०८० मंसिर ३०, शनिबार

पशुपतिनगर : पहिचान पक्षधर बन्दकर्ताले इलामको रोङ गाउँपालिका ४ किटेनीमा पराल बोकेको गाडीमा आगजनी गरेका छन् ।

झापाबाट पराल लिएर आएको मे १ ज ११४० नम्बरको पिकअपलाई बन्दमा कुदाएको भन्दै शनिबार साँझ बन्दकर्ताले रोकेर आगजनी गरेका हुन् ।बन्दकर्ताले आगो लगाउदा पिकअप पूर्ण रुपमा जलेको छ । बन्दकर्ताले चालकलाई ओरालेर पिकअपमा आगो लगाएको स्थानीयले जानकारी दिएका छन् ।

मेची राजमार्गमा बन्दकर्ताले दिनभर विभिन्न ठाउँमा यातयात अवरुद्ध गरेका थिए । बन्दको समयमा सुरक्षा नदिएको भन्दै यातायात व्यवसायीले सरकारसँग गुनासो गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0

ताजा समाचार