सुनको मूल्यमा भारी गिरावट

२०८० पुष १, आईतवार

काठमाडौं : आइतबार छापावाल सुनको मूल्य १३ सय रूपैयाँले घटेको छ । शुक्रबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख १९ हजार १ सय रुपैयाँ कायम भएकोमा आज १ हजार ३ सय रूपैयाँले घटेर १ लाख १७ हजार ८ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तेजावी सुनको मूल्य प्रतितोला १ लाख १७ हजार २५० रुपैयाँ कायम भएको छ ।

शुक्रबार चाँदीको मूल्य प्रतितोला १४ सय ७० रुपैयाँ कायम भएकोमा आज १५ रूपैयाँले घटेर १४ सय ५५ रूपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार