अवैध रुपमा ल्याइएको ४०१ बोरा प्याज बरामद

२०८० पुष १, आईतवार

काठमाडौँ : अवैध रुपमा ल्याइएको ४०१ बोरा प्याज काभ्रे प्रहरीले बरामद गरेको छ ।

काभ्रेको धुलिखेल नगरपालिका वडा नम्बर ९ काभ्रेभञ्ज्याङ चेकपोष्टबाट उक्त परिमाणमा प्याज बरामद गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । पूर्वबाट  आएका सवारी साधनहरु चेक जाँच गर्ने क्रममा पुरानो बिल सहित अवैध रुपमा ल्याइएको ४ वटा टाटा योद्धा गाडी र ३ वटा बलेरो गाडीमा ४०१ थान बोरा बरामद गरिएको हो ।

बरामद गरिएको प्याज आवश्यक कारबाहीको लागि गाडीसहित राजस्व अनुसन्धान विभाग हरिहर भवन ललितपुर पठाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार